भ्याली फुटसल च्याम्पियनसिपको उपाधिसँगै ललितपुर महानगरलाई दुई लाख

NepalOne २३ असार २०८० २२:४५
खेलकुद

काठमाडौँ – नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिप आज सम्पन्न भएको छ । 

शनिबार भएको कपनस्थित कपन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा ललितपुर महानगरले जितेको हो । खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ भने गोकर्णेश्वरले एक लाख प्राप्त गरेको युवा सङ्घका प्रवक्ता निरोज पौडेलले बताए ।  

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गरे । मैदानमा उत्कृष्ट तालमेल देखाएको गोकर्णेश्वरले पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको थियो । यद्यपि, दोस्रो हाफमा ललितपुरले एकलौटी गोल थप्दै उपाधि जित्यो । 

प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए । 

राष्ट्रिय युवा सङ्घ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरूबिच फुटसल प्रतियोगिताको आयोजना गरेको हो । राष्ट्रिय युवा सङ्घ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरूमा आन्तरिक छनोट प्रतियोगिता अयाोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो । फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरूको सहभागिता रहेको थियो ।

यसअघि युवा संघले केपी ओली कप फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे थियाे ।


प्रतिक्रिया