डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा आत्महत्याको धम्की आयो : मन्त्री बस्नेत

राजनीति

काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकमा उहाँले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताउनुभएको हो ।
दरबन्दी बाहिर भएर काठमाडौंमै बस्न चाहनेहरुबाट सचिवालयमाा धम्की आउने गरेको जानकारी दिँदै उहाँले बाहिरी जिल्लामा दरबन्दी भई ट्रमा सेन्टरम बस्न चाहनेले आफू दरबन्दी भएको स्थानमा पठाए आत्महत्या गर्छु भनेरसमेत धम्क्याएको बताउनुभयो । तर, मर्ने भए मेरो कोठमै मर्नु भन्नु भनेर सचिवहरुलाई जवाफ दिन भनेको उहाँले बताउनुभयो ।
दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गरेर छाड्ने मन्त्री बस्नेतको प्रतिबद्धता छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया