ग्लोबल टी-२० को फाइनलमा सन्दीप भर्सेज दिपेन्द्र भिड्दै

खेलकुद

काठमाडौँ / क्यानाडामा जारी ग्लोबल टी-२० प्रतियोगिताको फाइनलमा नेपाली खेलाडीहरु सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी आमने सामने हुने भएका छन् ।
आइतबार बिहान भएको दोस्रो क्वालिफायरमा भान्कुभर नाइट्स १ विकेटले पराजित भएसँगै उपाधिका लागि सन्दीप र दीपेन्द्रआवद्ध टिम भिड्ने भएका हुन् ।
यस प्रतियोगितामा सर्रेबाट खेल्दै सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ७ खेलमा ११ विकेट लिएका छन् । सन्दीप सर्बाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन् ।
त्यस्तै दीपेन्द्रले ५ इनिङमा १२७ रन बनाउका साथै २ विकेट पनि लिएका छन् । उनी आफ्नो टिमका लागि सर्वाधिक रन बनाउने तेस्रो ब्याटर हुन् ।
मोन्ट्रियल र जगुअर्सबीचको फाइनल खेल आज राति ९: ४५ मा हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट