`

तीन दल मिलेर संसदीय समितिको भागबण्डा गर्नु संसदीय नियमावली बिपरित हो :अध्यक्ष लिङ्देन

Nepal One HD २३ साउन २०८० १८:०२
राजनीति

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दल मिलेर संसदीय समितिको भागबण्डा गर्नु संसदीय नियमावली बिपरित भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङदेनले तीन दलले निर्णय गर्दा अन्य दल लुरुलुरु पछि लाग्नुपरेको अवस्था रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

लिङदेनले सरकारले गरेको अनुसन्धान पूर्ण नभएको भन्दै उहाँले सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउन तयार हुनुपर्ने जिकिर गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अपूर्ण रहेको र ललिता निवास जग्गा प्रकरणमा कोहि मान्छे जोगाउने प्रयत्न भएको उहाँले बताउनुभयो ।

उहाँले सरकारका निकायले मात्रै गर्ने अनुस्न्धानले सुन प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्न नसक्ने ठोकुवा गर्नुभयो ।


प्रतिक्रिया