`

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

Nepal One HD २९ साउन २०८० १९:४६
समाचार

ढोरपाटन । तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । बिहीबार राति बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो । शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन ।

उपप्रमुख खड्काले भन्नुभयो, “पहिरो हटाएर अहिले यातायात सञ्चालनमा आएको छ, यहाँको भू–भाग निकै कमजोर भएको हुँदा पानी पर्ने बित्तिकै फेरि अवरुद्ध हुन्छ, बर्खा लागेपछि दर्जनौँ पटक सडक अवरुद्ध भयो, नगरपालिकाले खुलायो, यो सडक राष्ट्रिय आयोजना हो, आयोजनाले काम गर्दैन, हामीसँग ‘समन्वय’ नै हुँदैन, सडक दिनदिनै अवरुद्ध हुन्छ, कसले खुलाउने हामीले नखुलाए, नागरिक मर्कामा पर्छन् ।”

यसको दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरी रहने खड्काको भनाइ छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा कोरिडोरमा यातायातका साधनहरु ठप्प भएका थिए । सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् ।


प्रतिक्रिया