`

निजामती ऐनमा आफ्ना माग सम्बोधन गर्न नेपाल निजामती कर्मचारी युनियनको आग्रह

Nepal One HD ३ भदौ २०८० १८:३८
समाचार

काठमाडौँ / नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले निजामती ऐनमा आफ्ना माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणापत्र सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदैगर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन जारी हुनेक्रममा रहेको र कर्मचारीले उठाएका मागहरू सम्बोधन गर्नका लागि राष्ट्रिय भेलाले दवाब बताउनुभयो । सरकारले संघीय निजामती ऐन पास नगरे र पास गरिहाले पनि आफूहरुले उठाएका मुद्धालाई सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने बताउनुभयो । उहाँले सरकारसँग भएको छलफलमा आफ्ना मागहरू सम्बोधन भएको जानकारी पाएको र उच्च अहोदाका कर्मचारीले भने आफ्ना मागहरूको बारेमा केही अप्ठ्यारो गरिरहेको जिकिर गर्नुभयो ।

घोषणा गरिएको २३ बुँदे प्रतिबद्धतामा केही कुराहरू आफूहरूले गर्ने र केही कुराहरू सरकारले लागू गर्नपर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया