`

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

Nepal One HD ६ भदौ २०८० १२:११
समाचार

काठमाडौं / पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–१, चालिसेस्थित छहरेबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस आज बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया