`

एशिया कपमा देशको भरोसा सन्दीपमाथि छः टंकलाल घिसिङ

Nepal One HD ११ भदौ २०८० ११:४९
खेलकुद

काठमाडौँ / क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ ।

सोमवार बिहान उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पकास्तिान प्रस्थान गर्नुभएको हो । उहाँलाई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुग्नुभएको थियो । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एशिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताउनुभयो । उहाँले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको बताउनु भयो । उहाँले सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्वपूर्ण रुपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन । आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ ।’


प्रतिक्रिया