संक्रमण न्यायसम्बन्धी कानून छिटै समितिबाट पास हुन्छ:नवनिर्वाचित सभापति सुवेदी

राजनीति

काठमाडौँ / प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिका नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमण न्यायसम्बन्धी कानून छिटै समितिबाट पास हुने बताउनुभएको छ ।
समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति सुवेदीले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक छिटै पारित हुने बताउनुभएको हो । विधेयक पारित गर्नका लागि सवै दलहरुले साथ र सहयोग गर्ने उहाले बताउनुभयो ।
त्यस्तै उहाले समितिले दिएका निर्देशनहरुको कार्यान्वयनका लागि सरकार गम्भीर हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट