`

माधव नेपाल र बाबुराम निर्दोष सावित भए :प्रचण्ड

Nepal One HD १५ भदौ २०८० १६:५५
प्रमुख खबर

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एवम् प्रधानमन्त्री मन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानकर्तालाई घटना जोडिएको भेटिए कसैलाई नछोड्न निर्देशन दिएको बताएका छन् ।

समाजवादी मोर्चाको पोखरामा आयोजित सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अनुसन्धानमा आफुलाई पनि नछाड्न निर्देशन दिएको बताएका हुन् ।

‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो,’ उनले भने, ‘त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’ नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए ।


प्रतिक्रिया