महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छः उपप्रमुख सुनिता डंगोल


काठमाडौं / काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
उहाँले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताउनु भयो । उहाँले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्दैछौँ । फिल्म सेक्टर, ड्रामामार्फत होस् वा थ्रिएटरमा हेर्ने मुभीहरु हुन्, सबै पाटोलाई बलियो पाटको रुपमा लग्नुपर्छ भनेर काठमाडौं महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर छ । विभिन्न क्रिएटिभ सेक्टरहरुमा जस्तै, खाना, आर्ट, म्युजिक यस्ता विभिन्न क्षेत्रको सात विभिन्न क्षेत्र र विधामा युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न शहरहरु त्यो नेटकवर्कमा बस्छन् । कसैले क्रिएटिभ सिटज अफ म्युजिक भनेर दर्ता गर्छ कसैले क्रिएटिभ सिटिज अफ ग्यास्ट्रोनोमिज भनेर खानेकुरालाई नै भनेर त्यो शहरलाई ब्राण्डिङ गरिरहेको हुन्छ भने कामनपाले हामीले अप्लाइ गरेका छौँ ।
यो २०२४ को शुरुसम्म त्यसको रिजल्ट आउँछ । हामी त्यो अवार्ड पाउनेछौँ । हामीले क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोज गरेका छौँ । युनेस्कोमा यो अप्लाइ गरिसकेपछि त्यो रिजल्ट आएपछि यस पटक हामीले कामनपाको ब्युटि, कलाकृति, ऋतिरिवाज, मूर्त,अमूर्त सम्पदा देखाउने माध्यम फिल्म भनेर देखाएका छौँ । अबको कार्यकालमा के गर्ने भनेर योजना बनाएका छौँ । जसमा एउटा महत्वपूर्ण पाटो रंगमञ्च रहेको छ, काठमाडौंलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भुमिका हुन्छ ।’
उपमेयर डंगोलले काठमाडौंलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भुमिका हुने बताउनु भयो ।