`

इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप, सय भन्दा बढी घाइते

Nepal One HD १७ भदौ २०८० १६:३९
विश्व

इजरायल / तेल अविवमा इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन् ।

झडप शनिवार भएको थियो । इरिट्रियन दुतावासले आयोजना गर्ने कार्यक्रमको कार्यक्रमको बिरोध गर्न क्लव नजिकै भेला भएका इरिट्रिय सरकारका समर्थक र विपक्षीहरुबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि घटना केही शान्त भएको थियो । झडपका क्रममा झन्डै ३० जना प्रहरी घाइते भएका छन् ।


प्रतिक्रिया