`

एमाले बागमतीको निर्वाचन भोलीलाई सारियो

Nepal One HD ११ असोज २०८० १८:५०
प्रमुख खबर

काठमाडौ– नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान भोलीलाई सारिएको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै आज साँझ ६ बजेबाट हुने भनिएको मतदान भोलिलाई सरेको हो । अझै सहमतिको प्रयास जारी भएकाले भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । अहिले सहमतिको प्रयास जारी भएकाले आज ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकी मैदानमा छन् ।


प्रतिक्रिया