`

एमाले बागमती प्रदेश अधिवेशनः निवार्चन सुरु

Nepal One HD १२ असोज २०८० १२:५५
प्रमुख खबर

काठमाडौ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
यसअघि बिहान ८ बजेदेखि निर्वाचन हुने भनिएपनि ११ः३० बजेका लागि सारिएको थियो । त्यसमा पनि केही ढिलाई गरी बल्ल मतदान सुरु भएको हो ।

यसअघि तीन पटकसम्म निर्वाचन कार्यक्रम परिमार्जन गरिएको थियो । निवार्चन कार्यक्रम सर्नुमा उम्मेदवारको नामावली र क्लस्टर मिलाउन समय लागेकोलाई कारण देखाइएको छ । मतदान सकिएलगत्तै मगतणना सुरू हुने बताइएको छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने कारण आजै साँझसम्ममा मतपरिणाम सार्वजनिक हुनेछ । २४० सदस्यीय प्रदेश कमिटीको पाँच पदाधिकारीमा मात्रै १८ जनाले उम्मेदवारी दिएका छन् । नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुने भएको छ ।


प्रतिक्रिया