एमाले कोसी अधिवेशनः भोली मतदान


विराटनगर– नेकपा एमाले कोसी प्रदेशको अधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ । हिजो सुरु भएको
अधिवेशनमा राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
आज साँढे ४ बजेसमम उम्मेद्वारी मनोनयनको समय तोकिएको छ । उम्मेदवारी दर्ता भइसकेपछि आजै साँझ ५ः३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ। भोली बिहान ११ बजेदेखि मतदान सुरु गर्ने तालिका छ ।
अधिवेशनबाट २ सय १५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछन् । त्यसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू रहनेछन् । केन्द्रिय नेतृत्वले सहमतिमै प्रदेश नेतृत्व चयन गर्न प्रयास गरिरहेको छ । तर, अध्यक्षका आकांक्षीद्धय मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्षमा प्रतिस्पर्धामा अडान लिइरहेका छन् । आज साँझसम्म पनि सहमति हुन नसके भोली मतदान हुनेछ ।