`

प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जिल्ला बझाङमा

Nepal One HD १९ असोज २०८० १५:३१
प्रमुख खबर

बझाङ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट आज बझाङ पुगेका हुन् । बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेका छन् । उनले जिल्ला विपद व्यवस्थापन समितिसँग भूकम्पबाट क्षती, उद्धार र राहतबारे पनि अन्तरक्रिया गरेका छन् । प्रधानमन्त्री हालसहित रक्षामन्त्री पूर्ण बहादुर खड्का, गृहमन्त्री नारायकाजी श्रेष्ठ पनि बझाङ पुगेका छन् ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसपछि पनि लगातार पराकम्प गइरहेको छ । भूकम्पमा पर िएक जनाको मृत्यु भएको थियो । घाइते २० जनामध्ये ५ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्किसकेका छन् ।


प्रतिक्रिया