नेपालकी मेनुकाले जितिज इन्डियन आइडलमा गोल्डेन माइक

मनोरञ्जन

भारत– नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ मा गोल्डेन माइक जितेकी छन् । उनले तुम्हारे बिना हमारे कोनो नहीँु बोलको गीतमार्फत बेजोड प्रस्तुति दिएकी थिइन् । स्टेजमा उनले गीत गाइरहँदा निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल निकै भावुक बनेका थिए ।
तीनै जना निर्णायकबाट ुस्ट्यान्डिङ ओभेसनु पाएकी मेनुकाले गोल्डेन माइकु जितेकी हुन् । मेनुकाले नेपाल आइडल लगायतका रियालिटी सोमा पनि भाग लिएकी थिइन् । मेनुकाको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा निकै तारिफ बटुलेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट