इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका विद्यार्थीको शोकमा भोली सार्वजनिक बिदा

प्रमुख खबर

काठमाडौ– सरकारले इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका १० जना विद्यार्थीको शोकमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक बिदा दिने निर्णय गरेको हो। यस्तै, मन्त्रिपरिषद्ले वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै आजको मन्त्रिपरिषद् बैठकले इजरायल द्धन्द्धमा ज्यान गुमाएका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट