`

नेपाली लिन परराष्ट्रमन्त्री आँफै इजरायल जाँदै

Nepal One HD २४ असोज २०८० १७:५६
प्रमुख खबर

काठमाडौ– इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद सहितको टोली आज इजरायल जाँदैछ । आज बसेको मन्त्रिपरिषद् बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।
नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्सको जाहजमा परराष्ट्रमन्त्री साउद स्वयम जाने तयारी भइरहेको बताइएको छ । मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मत्यु भएको थियो । उक्त आक्रमणमा ४ जना घाइते भएका छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सेनाले सुरक्षित स्थानमा सारेको छ । तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४ सय नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।


प्रतिक्रिया