मोदीको कालापानी क्षेत्र भ्रमणबारे सांसद लामिछानेद्वारा सरकारको जवाफ माग
प्रमुख खबर
काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा बोल्दै सभापति लामिछानेले नेपालले जारी गरेको चुच्चे नक्साभित्र पर्ने कुटी र गुञ्जीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेको प्रति सरकारले जवाफ दिनुपर्ने माग गरेका हुन् ।
उनले छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भूमिका आउदा सरकारले जनता र सदनलाई जानकारी गराउनु पर्दैन भन्दै प्रश्न गरे । सांसद लामिछानेले भारतीय प्रधानमन्त्री नेपालको नक्सामा रहेको नेपालको भूभागमा आउँदा सरकार बेखवर रहेको भन्दै आपत्ती जनाए । भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिहान गुञ्जी लगाएतमा क्षेत्रको भ्रमण गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
