`

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छ : महामन्त्री थापा

Nepal One HD २६ असोज २०८० १८:०३
राजनीति

गोरखा, २६ असोज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उहाँले भन्नुभयो, “पार्टीका नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन ।” उहाँले चुनाव एउटा सामान्य प्रक्रिया भएको बताउनुभयो ।

उहाँले अहिले नागरिकमा ठूलो निराशा देखिएकाले त्यसलाई चिर्ने काम कांग्रेसबाट हुनुपर्ने बताउनुभयो ।उहाँले कांग्रेसलाई रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अब आउने कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्नेसमेत बताउनुुभयो ।


प्रतिक्रिया