`

आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग

Nepal One HD २६ असोज २०८० २०:००
विश्व


अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकका प्रमुखहरूले गरिबी र जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग पु¥याउन विश्वव्यापी ऋणदाताहरूको आर्थिक सहायता बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

सन् १९७३ पछि अफ्रिकी भूमिमा पहिलो पटक आईएमएफ र विश्व बैंकको वार्षिक बैठक मोरक्कोको माराकेशमा विश्वका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूबीच भएको साताव्यापी वार्तामा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

विश्व बैंकका अध्यक्ष अजय बङ्गाले गत जुनमा पदभार ग्रहण गरेयता गरेको पहिलो औपचारिक सम्बोधनमा भन्नुभयो, “गरिबीविरुद्धको लडाइँमा हामीले घट्दो प्रगतिको सामना गरिरहेका छौं ।”

उहाँले भन्नुभयो, “हामीले अस्तित्वको जलवायु सङ्कट, खाद्य असुरक्षा, कमजोरी, महामारीपछि पुन ः उत्थानको सामना गरिरहेका छौं र हामी सबैले द्वन्द्वको प्रभाव महसुस गरिरहेका छौं ।”

बङ्गाले थप्नुभयो, “विश्वले ‘अन्तरसम्बन्धित चुनौतीहरू र भूराजनीतिक जटिलताको पूर्ण आँधीबेहरीको सामना गरिरहेको छ जसले असमानतालाई अझ बढाउँछ ।”

भारतीय मूलका अमेरिकी नागरिकले विकसित र विकासोन्मुख राष्ट्रबीच ‘बढ्दो अविश्वास’ बारे चेतावनी दिएका छन् ।

“ग्लोबल साउथको निराशा बुझ्न सकिन्छ । धेरै तरिकाले उनीहरूले अरूको समृद्धिका लागि मूल्य चुकाइरहेका छन्,” उहाँले सम्मेलनको पूर्ण सत्रमा भन्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बङ्गालाई डेभिड माल्पासको उत्तराधिकारीको रूपमा मनोनीत गरेदेखि नै उहाँले विद्यमान बैङ्किङ नीतिमा परिवर्तनको लागि जोड दिनुभएको छ । माल्पासले जलवायु परिवर्तनको बारेमा राष्ट्रपति बाइडेनकोे अडानको बारेमा प्रश्न उठाएपछि बढेको तिक्ततासँगै आफ्नो पाँच वर्षे कार्यकालबाट राजीनामा दिनुभएको थियो ।

“आज विश्व बैंकका लागि नयाँ दृष्टिकोण र मिसन आएको छ र त्यो जीउन योग्य यस ग्रहमा गरिबीमुक्त विश्व निर्माण गर्न हो,” बङ्गाले भन्नुभयो, “तर समय सारको हो ।”

ब्यालेन्स सिट परिवर्तन र सदस्यहरूको योगदानको माध्यमबाट विश्व बैंकका प्रमुखले आगामी दशकमा आफ्नो ऋण क्षमतामा १५० अर्ब डलरभन्दा बढी थप्न सक्ने बताउनुभएको छ । तर गरिब राष्ट्रलाई शून्य र कम ब्याजमा ऋण उपलब्ध गराउने अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) लाई बढावा दिन बङ्गाले सदस्यहरूलाई आह्वान गर्नुभएको छ ।

“हामी यो धेरै महत्वपूर्ण छुटसम्बन्धी संसाधनको सीमाहरू धकेल्दैछौं र रचनात्मक वित्तीय ईन्जिनियरिङको कुनै पनि मात्राले हामीलाई थप कोषको आवश्यकता छ भन्ने तथ्यको लागि क्षतिपूर्ति गर्दैन,” उहाँले भन्नुभयो ।

मास्टरकार्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो, “यसले हामी सबैलाई आईडीएको अर्को पुनःपूर्तिलाई अहिलेसम्मकै सबैभन्दा ठूलो बनाउन प्रेरित गर्नुपर्छ ।”

आर्थिक वर्ष २०२२/०२५ का लागि सन् २०२१ मा ९३ अर्ब अमेरिकी डलरको वित्तीय प्याकेज स्वीकृत गरिएको थियो । दाताहरू प्रत्येक तीन वर्षमा आईडीए स्रोतहरू भर्न भेला हुन्छन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र सुस्त भइरहेको र न्यून आय भएका आधाभन्दा बढी मुलुक ऋण सङ्कटको उच्च जोखिममा रहेको बताउनुभएको छ ।

जर्जिएभाले आईएमएफलाई आफ्नो कोटाका स्रोतहरू बढाएर ‘तत्काल’ बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।

आईएमएफले आफ्ना गरिब सदस्य राष्ट्रलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने क्षमतालाई पनि बढावा दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया