मुलुकको समस्याप्रति सरकार गम्भिर देखिएन : उपाध्यक्ष पौडेल

अर्थ समाचार

काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्याप्रति गम्भिर नबनेको आरोप लगाएका छन् । प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा उपाध्यक्ष पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनमै केन्द्रित रहेको बताए ।
कर्मचारीलाई ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था र निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको अवस्थामा सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ । उनले मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा बिपरीत दलको नेता भएर काम गर्न नमिल्ने उनको भनाइ छ । उनले धार्मिक सदभावमा र साम्प्रदायिक सदभाव खलवलाउने प्रयासबिरुद्ध सचेत बन्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट