`

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने नेपाली टीमको घोषणा

Nepal One HD २९ असोज २०८० १४:५६
खेलकुद

काठमाडौ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्नका लागि नेपाली टीमको घोषणा भएको छ । विश्वकप छनोटको तयारीस्व?प नेपालले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक १ सुरू हुँदैछ । १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा समेटिएका छन् ।

सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।


प्रतिक्रिया