`

देशमा अवसर छैन भन्ने भ्रम चिर्न आवश्यक छ : अध्यक्ष ओली

Nepal One HD २९ असोज २०८० १८:३३
प्रमुख खबर

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलकप्रति भ्रमलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले देश काम लाग्दैन, देशमा अवसर छैन भन्ने भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले नेपालजस्तो महान र गौरवपूर्ण इतिहास भएको र नेपाल जस्तो सम्भावना भएको देश अरु नरहेको जिकिर गरे । नागरिक सर्वोच्चताको कुरा सुन्न नचाहनेहरु बिरुद्ध जनतालाई सजक बनाउने काम एमालेले गर्नुपर्ने उनको भनाइ छ । उनले नेपालमा रहेका अथाहा प्राकृतिक स्रोतहरुको उपयोग गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया