`

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की

Nepal One HD ३० असोज २०८० १३:०४
प्रमुख खबर

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८ औँ प्रहरी दिवस’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताए । उनले कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुकाअसल उदाहरण प्रहरी सङ्गठन हो भने ।

मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन नहुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “अरुलाई सुरक्षा दिने निकाय पनि सुरक्षित हुनुपर्छ, अन्यथा सेवाग्राहीले उचित लाभ र सुरक्षित महसुस गर्न सक्दैनन् ।” कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य सचिव डा. दीपक काफ्ले र प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले प्रहरी सङ्गठनको विविध पक्षबारे चर्चा गरेका थिए । सो अवसरमा अपराध अनुसन्धानचर्फ कोशी प्रदेशमा उत्कृष्ट हुनुभएका प्रहरी सहायक निरीक्षक किरण मगरलाई एक लाख रुपैयाँ राशिको साधनादेवी स्मृति पुरस्कार तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिएको भन्दै प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई २५ हजार रुपैयाँ राशिको विप्लव थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।


प्रतिक्रिया