त्रिदेशीय टी–२० सिरिजमा नेपालकाे विजयी सुरूवात

खेलकुद

काठमाडौ– त्रिदेशीय टी–२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ । आज मुलपानी क्रिकेट मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित निकालेको हो । नेपालले युएईले दिएको १४१ रनको लक्ष्य १८.५ ओभरमा पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नट आउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नट आउट ३४ रन बनाए । रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोडेको थियो । युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरेका थिए । सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट