नेपाल एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरब ३०१ रनले पराजित

खेलकुद

मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले हराएको छ ।
३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले १९.१ ओभरमा ४६ रनमै अलआउट भएको हो । यो जितसंगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाललेसमूह डी को विजेतासँग खेल्नेछ ।
साउदीलाई पराजित गर्न नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियाको युएसडी(युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट