`

टी–२० सिरिजमा नेपालको दोस्रो जित, हङकङ ६ विकेटले पराजित

Nepal One HD २ कार्तिक २०८० १३:५८
खेलकुद

काठमाडौ– नेपाल, हङकङ र युएईबीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ । आज मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर आसिफ शेखले ४२ रन जोडेका थिए । आसिफले ३४ बलमा ६ चौका प्रहार गरे ।

कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए । रोहितले २० बलमा १ चौका र २ छक्का तथा गुल्सनले ५ बलमा २ छक्का प्रहार गरे । त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भएको थियो ।


प्रतिक्रिया