राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउँदै
काठमाडौ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल आउनु हुने भएको छ । सरकारका प्रवक्ता रेखा शर्माले महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मका लागि नेपाल आउन लागेको र बैठकले उहाको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेना लगायतका विषयमा उच्चस्तरमा छलफल गर्ने बताइएको छ । बैठकले तल्लो अरुण जलविधुत परियोजना ६६९ मेघावाटको आवश्यक १ सय दशमलव ९७ हेक्टर निजि जग्गा प्राप्ती गर्न स्वीकृती दिने निर्णय गरेको छ । परराष्ट्रमन्त्रीको कार्तिक ८ देखि १६ गतेसम्म अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
प्रवक्ता शर्माले चाडपर्वमा हुनसक्ने कालाबजारी रोक्न अनुगमन टोली सक्रिय रहेको दावी गरिन् । सरकारले चिनी लगाएतका अत्यावश्य बस्तुको अभाव क्रमश हट्दै जाने बताएको छ ।
