`

त्रिदेशीय टी-२० सिरिजमा नेपालद्धारा हङकङ पराजित

Nepal One HD ४ कार्तिक २०८० १६:३४
खेलकुद

काठमाडौ-त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । आज मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनायो । नेपालको ब्याटिङतर्फ कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरेका छन् ।

मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए । उनले तीन चौका र ९ छक्का प्रहार गरेका थिए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन र ओपनर आसिफ शेखले २०, कप्तान रोहित पौडेलले ११, सोमपाल कामीले ८ र ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।

नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले योसँगै तीन खेलमा जित हात पारेको छ। यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ। अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच शुक्रबार फाइनल हुनेछ।


प्रतिक्रिया