`

धादिङमा गएको भूकम्पका कारण २० घर भत्किए, ७५ घर चर्किए

Nepal One HD ५ कार्तिक २०८० १८:५५
समाचार

धादिङ, ५ कात्तिक : आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।

पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।


प्रतिक्रिया