`

बङ्गलादेशमा सुरक्षा व्यवस्था मजबुत बनाउन अर्धसैनिक सुरक्षा बल तैनाथ

Nepal One HD १७ कार्तिक २०८० ७:४२
विश्व

बङ्गलादेशमा जारी श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामले बिहीबार पत्रकारहरूलाई बताएअनुसार आशुलिया, सावर, मीरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोंगी, गाजीपुर, कोनाबारीलगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ ।

ढाका र अन्य स्थानमा मासिक २३ हजार टाका (करिब २०० अमेरिकी डलर) न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, ढाकाका तयारी पोशाक (रेडिमेड गार्मेन्ट्स) उत्पादकहरूले बिहीबार उच्च तलब संरचनासहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउनेबारे विचार गरिरहेको बताएका छन् ।उच्च ज्यालाको माग गर्दै जारी मजदुर आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा कम्तीमा ३०० गार्मेन्ट कारखानाहरू बन्द भएका छन् ।


प्रतिक्रिया