पूर्वी नवलपरासीको देवचुलीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
समाचार
पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो ।
मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेका छन् । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
