धनुषामा रेलले किचेर एक वृद्धको मृत्यु
प्रमुख खबर
धनुषा– धनुषामा रेलले किचेर एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान जनकपुरधामबाट जयनगरका लागि छुटेको रेलको लिकमा किचिएर एक वृद्धको मृत्यु भएको हो ।
धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर मृत्यु भएका वृद्धको पहिचान भने खुलेको छैन ।
कसरी दुर्घटना भयो भन्नेबारे केही नखुलेपनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव पोस्टमार्टमका लागि जनकपुरधाम ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
