`

सबैको सहमतिमै टिकटक बन्द गरिएको हो–प्रधानमन्त्री

Nepal One HD २८ कार्तिक २०८० १२:०९
प्रमुख खबर

भक्तपूर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिमै टिकटक बन्द गरिएको बताएका छन् ।
नेपाल सम्वत ११४४ को अवसरमा भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता, फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द गरिएको स्पष्ट पारे ।

समाजमा विसंगति, विकृति, अराजकता, फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाइ के गरी नियन्त्रण गर्ने भन्ने विषयमा लामो छलफलपछि मात्रै टिकटक बन्द गर्ने निर्णय लिइएको उनले बताए । त्यसमा सत्तापक्ष, प्रतिपक्ष सहित सबैको लामो बहस र त्यसपछिको सहमति पछि अन्तर्राष्ट्रियरूपमा पनि सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरी नयाँ कदम चालिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।


प्रतिक्रिया