`

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

Nepal One HD २ मंसिर २०८० १२:०४
विश्व

सियोल / दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् । योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८:१० बजे आगलागी भएको थियो।

विरामीहरू सहित लगभग ९० वटा उद्धारकर्ताहरू मध्ये चौध जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने, समान्य चोटपटक लागेको छ ।

करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । (रासस/ सिन्ह्वा)


प्रतिक्रिया