`

विश्वव्यापी विज्ञान सहर वरीयतामा बेइजिङ पुनः शीर्ष स्थानमा

Nepal One HD ७ मंसिर २०८० २०:४८
विश्व

नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ ले जारी गरेको वरीयतामा बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको छ।८८ वटा उच्च गुणस्तर भएका शोध पत्रिकाहरूमा प्रकाशित लेखहरूको लेखकत्वका आधारमा नेचर इन्डेक्सले मापन गर्दा बेइजिङ विश्वव्यापी विज्ञान सहरको वरीयतामा पहिलो स्थानमा पुगेको यो लगातार सातौँपटक हो।

शीर्ष १० सूचीमा बेइजिङपछि न्युयोर्क महानगरीय क्षेत्र, सांघाई, बोस्टन महानगरीय क्षेत्र, सान फ्रान्सिस्को खाडी क्षेत्र, नानजिङ, बाल्टिमोर–वासिंटन, गुआङजाओ, टोक्यो महानगरीय क्षेत्र र वुहान रहेका छन्।

बेइजिङबाहेक अन्य नौ चिनियाँ सहर विश्वका शीर्ष २० विज्ञान सहरमा परेका छन्। पछिल्लो तथ्यांकअनुसार कृत्रिम बौद्धिकतामा बेइजिङको पेटेन्ट स्टक विश्वमा पहिलो स्थानमा छ। बेइजिङमा प्रति १० हजार मानिससँग औसत २१८.३ आविष्कार पेटेन्ट छ। यो चीनमा पहिलो स्थानमा छ।

‘बेइजिङ र अन्य एसियाली सहर विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा तीव्र रूपमा अगाडि बढिरहेका छन्। यिनीहरूलाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ठूलो आवश्यकता छ,’ सिंघुवा विश्वविद्यालयका उपाध्यक्ष जेङ रोङले भने।


प्रतिक्रिया