`

‘खानपानका कारण नसर्ने रोग बढ्यो’- आरजु राणा देउवा

Nepal One HD १२ मंसिर २०८० २१:३३
राजनीति

कोहलपुर, १२ मङ्सिर : कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तर्गत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा उहाँले स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएकी डा राणाले उमेर बढ्दै गएपछि आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस नेत्री डा राणाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताउँदै नयाँ पुस्तालाई खानपीनबारे शिक्षा दिनुपर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नसर्ने रोगका बिरामी बढ्दै गएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया