श्रीलङ्काले सडक विकासका लागि एडीबीबाट ६ करोड अमेरिकी डलर ऋण लिंदै
विश्व
श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर ऋण लिन मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको छ।सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५ लाख डलर सरकारले व्यहोर्ने सहमति भएको विभागले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
