आगामी वर्ष ठूलो रणनीतिक सैन्य अभ्यास गर्ने रुसको तयारी
विश्व
रुसले अर्को वर्ष ‘ओशन–२०२४’ नामक सैन्य रणनीतिक कमाण्ड र स्टाफ अभ्यास गर्ने भएको छ । रुसी रक्षामन्त्री सर्गेई शोइगुले रक्षा मन्त्रालयको बोर्डको बैठकमा यसबारे जानकारी गराएका हुन् ।
सैन्य अभ्यासमा २० देशका एकाइहरू सामेल हुनेछन् । त्यसैगरी चारवटा अभ्यास सामूहिक सुरक्षा सन्धि सङ्गठन र साङ्घाई सहयोग सङ्गठनको ढाँचाभित्र हुने उनले बताए । रक्षामन्त्रीका अनुसार यो अभ्यास रणनीतिक कमाण्ड र स्टाफ अभ्यासको साथ आयोजना हुनेछ जसमा रुसी सशस्त्र बलका सबै शाखाहरू समावेश हुनेछन् ।
सोइगुले लडाई प्रशिक्षण योजनाको कार्यान्वयनले राष्ट्रिय हितको रक्षा गर्ने र सैन्य र राजनीतिक परिस्थितिमा भएको परिवर्तनको लागि समयमै प्रतिक्रिया दिने उद्देश्यका साथ कार्य गर्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
