इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु
इन्डोनेशियाको मारापी ज्वालामुखी विस्फोट हुँदा त्यसको मुखनजिकै ११ पदयात्री मृत फेला परेको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । ज्वालामुखी सप्ताहान्तमा विस्फोट भएको थियो र सोमबार मात्रै त्यस क्षेत्रबाट तीन जनाको उद्धार गरिएको छ। हराइरहेका अन्य १२ को खोजी अर्को सानो विस्फोटनका कारण स्थगित गरिएको छ ।
ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ। तीमध्ये अधिकांशलाई सुरक्षित रूपमा उद्धार गरिसकिएको छ । इन्डोनेशियामा रहेका १२७ वटा सक्रिय ज्वालामुखीहरूमध्ये मारापी पर्वतमा आइतवार विस्फोटन भएको थियो।उक्त ज्वालामुखी विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । अधिकारीहरूले त्यहाँ दोस्रो उच्चस्तरको खतराको चेतावनी जारी गरेका छन् । स्थानीयवासीलाई उक्त ज्वालामुखीको मुख वा खाडलको तीन किलोमिटर वरपर जान निषेध गरिएको छ ।
