`

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

Nepal One HD १९ मंसिर २०८० १३:२५
रोचक

बैंकक / थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
(रासस/सिन्ह्वा)


प्रतिक्रिया