`

सर्वोच्चमा सिफारिस न्यायाधीशविरुद्ध समितिमा १० उजुरी

Nepal One HD २१ मंसिर २०८० १५:००
राजनीति

काठमाडौ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको सुनुवाई समिति बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उनीहरुबिरुद्ध १० वटा उजुरी परेको जानकारी दिएका हुन् ।

बैठकले सफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै,े बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई÷दुई जनाको गर्ने कार्यतालिका पारित गरेको समिति सभापति जवराले बताए । पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने निर्णय भएको उनले जानकारी दिए । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया