`

जेनिनमा इजरायली सेनाको कारबाहीमा १० जना आतङ्ककारीको मृत्यु

Nepal One HD २९ मंसिर २०८० २१:२७
विश्व

जेनिनमा सञ्चालित आतङ्कवाद विरोधी अभियान ६० घण्टासम्म चलेको र १० जनाभन्दा बढी आतङ्ककारी मारिएको बताइएको छ ।

इजरायली सेनाले जनाए अनुसार ती कारबाहीमा १० भन्दाबढी आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा सेनाले सयौं भवनहरूमा खोजी गरेको र करिब ६० जना आतङ्कवादीहरूलाई गिरफ्तार गरेको बताएको छ ।

साथै ती आतङ्ककारीहरूबाट सेनाले विभिन्न प्रकारका ५० भन्दा बढी हतियारहरू, सयौं विष्फोटक पदार्थहरू र अमेरिकी डलर समेत गिरफ्तार गरेको छ । कारबाहीका क्रममा सेनाले जुडिया र सामरियाबाट १४ जना वान्टेड आतङ्कवादीहरूलाई पक्राउ गरेको छ । ती पक्राउ परेका मध्ये तीन जना आतङ्ककारी सङ्गठन हमाससँग सम्बन्धित रहेको बुझिएको छ ।

क्रमणमा आतङ्कवादीहरूले प्रयोग गरेका केही पूर्वाधारहरू समेत ध्वस्त पारिएका छन् । अपरेशनका क्रममा इजरायली वायुसेनाको विमानले आतङ्ककारीहरूको दुई वटा टोलीमाथि आक्रमण गरेको बताइएको छ ।


प्रतिक्रिया