सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशका विषयमा संसदीय सुनुवाई समितिले आज निर्णय गर्ने
प्रमुख खबर
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिका विषयमा निर्णय गर्दैछ ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
समितिले सबै प्रस्तावित न्यायाधीशहरूका विषयमा उजुरी आव्हान गरी ती उजुरीसहित विभिन्न विषयमा गत शुक्रबारदेखि मंगलबारसम्म समितिमा सुनुवाई गरेको थियो । बुधबार समितिले प्रस्तावित न्यायाधीशहरूका विषयमा अन्तिम सुनुवाई गर्न लागेको हो ।
समितिको आज विहान ११ बजे बैठक बस्दैछ । बैठकले न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ । समितिले अनुमोदन गरेमा उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
