मुम्बईको कुर्ला गार्डेनमा भीषण आगलागी
विश्व
मुम्बईको कुर्ला गार्डेनको लाल बहादुर शास्त्री मार्गमा सोमबार दिउँसो भीषण आगलागी को छ । त्याँस्थित छवटा काठका पसलहरूमा आगलागी भएको बृहन्मुम्बई नगरपालिकाको मुम्बई फायर ब्रिगेडले जनाएको छ।मुम्बई फायर ब्रिगेडका अनुसार दिउँसो २.२० बजेतिर आगलागी शुरु भएको थियो ।
घटनापछि प्रहरी र एम्बुलेन्सका कर्मचारीहरू घटनास्थलमा पुगेका छन्। हालसम्म कुनै मानवीय क्षति भएको जानकारी नआए तापनि ठूलै धनमालको क्षति भएको र विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
