`

शेयर बजारमा २८ अंकको बृद्धि

Nepal One HD १८ पुष २०८० १५:३२
अर्थ समाचार

काठमाडौं । बुधबार शेयर बजार नेप्से झण्डै २८ अङ्कले बढेको छ । बुधबार नेप्से २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सात वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रतिक्रिया