`

पूर्व अरनिको यातायात प्रालिले जडिबुटीमा निर्माणको बसपार्क नभत्काउन अदालतको आदेश

Nepal One HD १८ पुष २०८० २१:२५
प्रमुख खबर

काठमाडौं । अदालतले पूर्व अरनिको यातायात प्रालिले जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन फैसला गरेको छ । बुधबार उच्च अदालत पाटनले अरनिको यातयातको पक्षमा फैसला गर्दै निजी लगानीमा निर्माण भएको बसपार्क र त्यहाँ निर्माण भएको कुनै पनि संरचना नभत्काउन फैसला गरेको हो ।

पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले अब अदालतको फैसलासँगै बसपार्क सञ्चालनका लागि योजना बनाएर अघि बढ्ने जानकारी दिए । काठमाडौं महानगरपालिकाले स्वीकृत नलिई बसपार्क निर्माण भएको भन्दै भत्काउने तयारी गरेपछि पूर्व अरनिको यातायात प्रालि अदालत गएको थियो ।

उच्च अदालतले असोज १२ गते अल्पकालिन अन्तरिम आदेश दिएको थियो भने असोज २१ गते नभत्काउन अन्तरिम आदेश दिएको थियो । राजधानी पूर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरुलाई गोंगाबु बसपार्कमा नै पुग्नुपर्ने निर्णय अव्यवहारीक रहेको भन्दै पूर्व अरनिको यातायात प्रालिले काठमाडौ महानगरपालीका–३२ नम्बर वडाको जडिबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण सम्पन्न गरेर यात्रुहरुलाई त्यहीबाट सेवा दिँदै आएको थियो ।


प्रतिक्रिया