वीरगंजबाट पोखरा गइरहेको बस तनहुँको म्याग्देमा दुर्घटना हुँदा ३२ जना घाइते

समाचार

दमौली । वीरगञ्जबाट पोखरा आइरहेको यात्रु बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । आज बिहान ४ः४० बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा चालकसहित ३२ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने तीन जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट